महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व पञ्चमी - ५

नागरिक बडापत्र

नेपाल सरकार

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय

हुलाक सेवा विभाग

जिल्ला हुलाक कार्यालय

मन्थली¸ रामेछाप

नागरिक वडापत्र (Citizen Charter)

सि.नं.

सेवा

पेश गर्नुपर्ने कागजात

लाग्ने शुल्क/दस्तुर

जिम्मेवार शाखा/फाँट

लाग्ने समय

गुनासो/उजुरी सुन्ने अधिकारी

)

चिठ्ठीपत्र लगायत हुलाक वस्तु दर्ता

() साधारण

() रजिष्ट्री- स्वदेशी

फोन नम्बर र

स्पष्ट ठेगाना सहितको खामबन्दी गरिएको बढीमा २ किलोसम्म ।

पहिलो २० ग्रामसम्मको रु. १०।- र प्रत्येक १० ग्रामका लागि रु. ५।- का दरले वृद्धि हुँदै जाने ।रजिष्ट्री शुल्क पहिलो २० ग्रामको रु. ४०।- र प्रत्येक १० ग्रामको रु. ५।- का दरले थप हुँदै जाने ।

काउण्टर शाखा

१० मिनेट

हुलाक अधिकृत

() साधारण

() रजिष्ट्री- विदेशी

अंग्रेजीमा स्पष्ट ठेगाना सहितको खामबन्दी गरिएको बढीमा २ किलोसम्म ।

देश र तौल अनुसार तोकिएको शुल्क ।

काउण्टर शाखा

१० मिनेट

हुलाक अधिकृत

) साधारण पत्र दाखिला प्रमाणिकरण

पत्र दाखिलाको सूची ।

प्रत्येक ३ हुलाक वस्तुका लागि रु. १०।- र त्यस पछिका प्रत्येक ३ वस्तुमा रु. ५।- दरले थप हुँदै जाने ।

काउण्टर शाखा

१० मिनेट

हुलाक अधिकृत

) अन्धा साहित्य (बढीमा ७ किलोसम्म)

स्पष्ट ठेगाना सहितको खामबन्दी गरिएको ।

साधारणमा निशुल्क ।

काउण्टर शाखा

१० मिनेट

हुलाक अधिकृत

() बुक पोष्ट

भित्री सामग्री देखिने गरी स्पष्ट ठेगाना सहित लेखिएको खामबन्दी ।

स्वदेशका लागि पहिलो २० ग्रामसम्मको रु. ५।- र प्रत्येको २० ग्रामका लागि रु. ५।- का दरले विदेशका लागि देश र तौल अनुसारको रकम ।

काउण्टर शाखा

१० मिनेट

हुलाक अधिकृत

() हुलाक दर्ता समाचार पत्र पत्रिका

बचाउको प्रबन्ध सहित स्पष्ट ठेगाना लेखिएको हुनुपर्ने, दर्ता/नविकरण भएको प्रमाण पेश गर्नुपर्ने ।

स्वदेशका लागि एक प्रतिको १०० ग्रामसम्म रु.२।- र त्यस पछिको प्रत्येक २० ग्राम वा अंशको रु. २।-

काउण्टर शाखा

१० मिनेट

हुलाक अधिकृत

)

चिट्ठी पत्र, सामग्री वितरण

सम्बन्धित व्यक्तिको परिचय खुल्ने कागजात संस्थाको हकमा छाप

निःशुल्क

डाँक फाँट/हल्काराबाट घरदैलो सेवा

तुरुन्त

हुलाक अधिकृत

)

हुलाक टिकट विक्री

टिकटमा तोकिए बमोजिमको रकम

टिकट काउण्टर

तुरुन्त

हुलाक अधिकृत

)

पुलिन्दा

फोन नं. सहित स्पष्ट ठेगानामा खामबन्दी

न्युनतम २ किलो ग्रामको रु २०० बाट सुरु र त्यसपछि प्रत्येक ५०० ग्रामको रु.५०

डाँक/ काउण्टर फाँट

१० मिनेट

हुलाक अधिकृत

)

पत्रपत्रिका हुलाक दर्ता तथा नवीकरण

सम्पादकको निवेदन, सम्बन्धित निकायमा दर्ता भएको प्रमाण पत्र, पछिल्लो वर्षको कर चुक्ता प्रमाण पत्र, हालसालै प्रकाशित २ प्रति पत्रिका, ३० जना स्थायी ग्राहकको सूची

निवेदनमा टाँस्न रु. १०।- को टिकट एक जिल्लाबाट दाखिला गर्न रु. २००।- र अन्य जिल्ला समेतको लागि प्रति जिल्ला रु. १०।- नवीकरणका लागि एक जिल्लाका लागि रु. १००।- र अन्य जिल्ला समेतका लागि प्रति जिल्ला रु. १०।- नविकरणको म्याद नाघेमा दुर्इ महिना भित्रका लागि दोब्बर दस्तुर, त्यसपछि नयाँ दर्ता अनुसार

प्रशासन फाँट

२० मिनेट

हुलाक अधिकृत

)

एफ.एम. रेडियोहरुको उपकरण लाइसेन्स र प्रशासन इजाजत नविकरण २५० वाट क्षमतासम्म)

निवेदन, अघिल्लो वर्षको नविकरण भएको सक्कल प्रमाणपत्र, अघिल्लो वर्षको रोयल्टी बुझाएको प्रमाण, प्रत्येक आर्थिक वर्षको लागि अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा नविकरण गर्नुपर्ने,

नियमानुसार

प्रशासन/आर्थिक प्रशासन फाँट

२० मिनेट

हुलाक अधिकृत

)

एफ.एम. रेडियोहरुको प्रसारण तथा वितरण शुल्क (रोयल्टी) बुझ्ने

चालु वर्षको लार्इसेन्स र इजाजत पत्र नविकरण भएको प्रमाण, अघिल्लो वर्षको लेखा परीक्षण प्रतिवेदन,

करचुक्ताको प्रमाणपत्र

पौष महिनासम्म रोयल्टी बुझाउँदा कुल आम्दानीको १% रकम, माघदेखि प्रतिमहिना १०% का दरले जरिवाना लाग्ने ।

प्रशासन/आर्थिक प्रशासन फाँट

२० मिनेट

हुलाक अधिकृत

)

चिट्ठी पत्रको अवस्थाबारे सोधपुछ (Inquiry)रजिष्ट्री मात्र

आन्तरिक पत्रको लागि www.gpo.gov.np मा Tracking no. र्इन्ट्री गरेर

निःशुल्क

काउण्टर, मेल सेन्टर, प्रशासन फाँट ।

तुरुन्त

हुलाक अधिकृत

)

ढिलार्इ रजिष्ट्री दस्तुर

स्पष्ट ठेगाना सहितको खामबन्दी गरिएको हुनुपर्ने

१० रुपैँया

काउण्टर

तुरुन्त

हुलाक अधिकृत

१०)

विविध सेवा

उपरोक्त बाहेक हाल समयसापेक्ष प्रचलनमा नरहेको हवार्इ पत्र, हुलाक पत्र, धनादेश सेवाहरु पनि उपलब्ध छन् । जसको जानकारी सोधपुछ (Inquiry) शाखा/फाँटबाट प्राप्त गरी सेवा लिन सकिनेछ ।

गुनासो तथा उजुरी सुन्ने अधिकारी हुलाक अधिकृत सम्पर्क नं.- ९८५४०२२०२७

सूचना अधिकारीको सम्पर्क नं. -९८६३०२३०२६

र्इमेल ठेगाना- ramechhaphulak@gmail.com /ramechhap@nepalpost.gov.np

कार्यालय सम्पर्क नं. ०४८५४०५०४/०४८५४००३५