राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा नवमी - २४
नेपालमा हुलाक सेवाः-
नेपालमा चिठीपत्र खबर सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालिन राणा प्रधानमन्त्री रणोद्विप सिंहको पालामा विक्रम सम्वत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भर्इ हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ । सन् १९७४ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि विश्व मञ्चमा नेपालको हुलाक सेवाको उपस्थिति भर्इ नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भएको हो ।
वर्तमान सञ्चार प्रविधिमा भएको व्यापक विस्तार तथा निजी डाँक सेवासँग प्रतिस्पर्धाको चुनौती सामना गर्नका लागि नेपाल हुलाकले वि.सं. २०७३ सालदेखि आन्तरिक ट्रयाकिङ प्रणाली (Postal internal traking system (PITS) का साथै विभिन्न जिल्लामा घुम्ती सेवामार्फत डाँक आदानप्रदान गरिरहेको छ ।
जिल्ला हुलाक कार्यालय, रामेछापः-
जिल्लामा प्राप्त डाँक हुलाक टिकट चिठीपत्र र संचार क्षेत्रसँग सम्बन्धित तोकिएको काम तोकिएको शुल्क लिर्इ सेवाग्राही तथा सरोकारवालाहरुलार्इ सर्वसुलभ तरिकाले सेवा दिने गरी जिल्ला हुलाक कार्यालय रामेछापको स्थापना वि.सं. २०३१ सालमा भएको हो । विगतमा यस कार्यालय अर्न्तर्गतका १० वटा इलाका हुलाक कार्यालय, हुलाक काउन्टर १ र अतिरिक्त हुलाक कार्यालयः ४४ वटाबाट सेवा प्रदान गरिदै आएकोमा हाल एक पालिका एक हुलाकको अवधारणा कार्यान्वयन पश्चात १- जिल्ला हुलाक कार्यालय, ७- पालिका हुलाक कार्यालय, १- हुलाक काउन्टर र ३३ वटा अतिरिक्त हुलाक कार्यालयहरुबाट सेवा प्रदान गरिदै आएको छ ।